Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

योगेश भट्टराईको शब्द अभिलेखबाट नहटाएपछि संसदमा माओवादीको विरोध

योगेश भट्टराईको शब्द अभिलेखबाट नहटाएपछि संसदमा माओवादीको विरोध

बुधवार , भाद्र २६, २०८१

काठमाडौं । सभामुख देवराज घिमिरेले नेकपा एमाले सांसद योगेश भट्टराईले संसदमा बोल्ने क्रममा प्रयोग गरेको ‘हिंसा’ शब्द संसदको रेकर्डबाट हटाउन नपर्ने बताएका छन्।

सभामुख घिमिरेले १२ भदौमा सांसद भट्टराईले बोलेको भाषण रेकर्डबाट नहटाउने निर्णय गरेको बताएका हुन्।

सभामुख घिमिरेले सांसद भट्टराईले बोलेको भाषण रेकर्डबाट नहटाउने निर्णय गरेपछि नेकपा माअ‍ोवादी केन्द्रले संसद अवरोध गरेको छ ।

सभामुखको निर्णयपछि माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सभामुखको निर्णय गलत भएको बताए ।

उनले मुल कानुन संविधान भएको र संविधानमै जनयुद्ध र जनआन्दोलनको व्याख्या गरिएको भन्दै हिंसा भन्ने शब्द संविधान र कानुन विपरित भएको भन्दै आपत्ति जनाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077