Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

पर्यटन बोर्डको सीईओ नियुक्तिविरुद्ध परेको रिटमा कारण देखाऊ आदेश जारी

पर्यटन बोर्डको सीईओ नियुक्तिविरुद्ध परेको रिटमा कारण देखाऊ आदेश जारी

बुधवार , भाद्र २६, २०८१

काठमाडौं । नेपाल पर्यटन बोर्डको (सीईओ) नियुक्तिका विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।

सर्वोच्चका न्यायाधीश कुमार चुडालको एकल इजलासले उक्त रिटमा कारण देखाऊ आदेश जारी गरेको हो।

उनको इजलासले अन्तरिम आदेश नहुने भन्दै सीईओ नियुक्तिसम्बन्धी विषयमा लिखित जवाफसहित उपस्थित हुन सरकारका र विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको छ।

भदौं २० गते बसेको बोर्ड सञ्चालक समितिको बैठकले जोशीलाई दीपकराज सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

जोशीको नियुक्ति बरियताक्रम मिचेर गरिएको र आफू पहिलो नम्बरमा हुँदा हुँदै पन्छाएको दाबी गर्दै तत्कालिन सिईओ डा.धनञ्जय रेग्मीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077