Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

बिहीबारदेखि शनिबारसम्म मनसुन सक्रिय हुने, सर्तकता अपनाउन अनुरोध

बिहीबारदेखि शनिबारसम्म मनसुन सक्रिय हुने, सर्तकता अपनाउन अनुरोध

बुधवार , भाद्र २६, २०८१

काठमाडौं । बिहीवार बेलुकादेखि शनिवार बिहानसम्म मनसुन सक्रिय हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज विशेष मौसमी बुलेटिन निकालेर देशका धेरै ठाउँमा तीन दिनसम्म पानी पर्ने पूर्वानुमान गरेको हो ।

केही ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । महाशाखाले त्यसैअनुसारको आवश्यक सतर्कता र सावधानी अपनाउनसमेत आग्रह गरेको छ ।

अहिले भारतको मध्यप्रदेश आसपासमा रहेको न्यून चापीय प्रणाली थप विकसित भई उत्तर–पश्चिमतिर अर्थात् (नेपाल नजिक) सर्ने सम्भावना देखिएको बताइएको छ ।

यसैको प्रभावले भोलि बेलुकादेखि शनिवार बिहानसम्म विशेषगरी नेपालको पश्चिम क्षेत्रमा मनसुन सक्रिय भई वर्षा हुने सम्भावना छ । कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी, बैतडी, अछाम, बर्दिया र सुर्खेतमा ठूलो पानी पर्नसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077