Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

बिहिवार , भाद्र २७, २०८१

सुर्खेत । अविरल वर्षाका कारण पहिरो आएर कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।

राजमार्ग अन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका-१, गगने खोला र एस मोडमा पहिरो आएर सडक अवरुद्ध भएको हो ।

उक्त क्षेत्र निरन्तर पहिरो आइरहने क्षेत्र हो । अवरुद्ध क्षेत्रमा पहिरो पन्छाउने काम भइरहेको छ। तर लगातार भारी वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भइरहेको प्रहरीले जनाएको छ।

कालिकोट प्रहरीले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077