Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कलाकार रजनी गुरूङले ल्याइन 'साँच्चै भन त' [भिडियोसहित]

कलाकार रजनी गुरूङले ल्याइन 'साँच्चै भन त' [भिडियोसहित]

बिहिवार , भाद्र २७, २०८१

काठमाडौँ । अभिनेत्री तथा मोडल रजनी गुरूङको 'साँच्चै भन त' बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

बुधबार उक्त भिडियोमा आफ्नै प्रस्तुती रहेको उनले 'मंगली' उपनामले समेत चिनिने आफ्नै युट्युब च्यानलबाट यो गीत सार्वजनिक गरेकी हुन् ।

गीतमा खेम सेञ्चुरी र मेलिना राईको स्वर छ । शब्द, संगीत शिव हमालको रहेको छ । भिडिमा रजनीसहित पल शाह र विजय पुनको अभिनय रहेको छ ।

भिडियो मौसम हिमालीको कोरियोग्राफी र निर्देशनमा बनेको हो । रजनीले केही फिल्म र थुप्रै म्युजिक भिडिओमा अभिनयसमेत गरेकी छन्।

'टलकजंग भर्सेस टुल्के, मट्टीमाला, साली कसको भेनाको, महाजात्रा' इत्यादि उनी अभिनित फिल्महरू हुन् । कहाँको साइनो, सोल्टी बजारु आदि उनी अभिनीत चर्चित गीतमा पर्छन् ।

https://youtu.be/xVxwe6htw-A

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077