Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

भारतीय कम्युनिस्ट नेता येचुरीको निधन

भारतीय कम्युनिस्ट नेता येचुरीको निधन

बिहिवार , भाद्र २७, २०८१

एजेन्सी । भारतीय कम्युनिष्ट पार्टीका महासचिव सीताराम येचुरीको निधन भएको छ ।

भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी)का महासचिव येचुरीको दीर्घ रोगको कारण मृत्यु भएको हो ।

श्वास प्रश्वासमा समस्या भएपछि ७२ वर्षीय येचुरी केही समयदेखि उपचारमा थिए ।

अत्यधिक ज्वरो आएपछि उनलाई १९ अगस्टमा एम्स अस्पताल दिल्लीमा भर्ना गरिएको थियो ।

पछिल्लो २५ दिनदेखि उनको उपचार चलिरहेको थियो । येचुरीकी श्रीमती, एक छोरा र एक छोरी छन् ।

उनका एक छोराको कोभिड संक्रमणका कारण सन् २०२१ मा निधन भएको थियो ।

उनी सन् २०१५ मा भाकपा मार्क्सवादीका महासचिव चुनिएका थिए । उनी पार्टीमा ३ पटकसम्म महासचिव बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077