Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

ह्यारिससँग डराए ट्रम्प, दोस्रो चरणको डिबेटमा भाग लिन अस्वीकार

ह्यारिससँग डराए ट्रम्प, दोस्रो चरणको डिबेटमा भाग लिन अस्वीकार

शुक्रवार , भाद्र २८, २०८१

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिससँग हुने दोस्रो चरणको बहसमा भाग नलिने भएका छन् ।

ट्रम्पले पहिलो चरणको डिबेटमा आफूले जितेका कारण अर्को चरणको बहसमा भाग लिन आवश्यक नरहेको बताएका हुन् ।

आगामी नोभेम्बरमा राष्ट्रपति निर्वाचन हुँदैछ । त्यसअघि राष्ट्रपति पदका उम्मेदवारहरूबीच हुने दोस्रो चरणको प्रेशिडेन्शियल डिबेटमा ट्रम्पले भाग नलिने बताए ।

अस्ति मात्रै पेनसल्भेनियाको फिलाडेल्फियामा पहिलो चरणको प्रेसिडेन्शियल डिबेट भएको थियो । सो डिबेटमा ह्यारिस ट्रम्पमाथि हावी भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077