Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अरविन्द केजरीवाललाई धरौटीमा छाड्न अदालतको आदेश

अरविन्द केजरीवाललाई धरौटीमा छाड्न अदालतको आदेश

शुक्रवार , भाद्र २८, २०८१

एजेन्सी । भारतीय सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई रिहा गर्न आदेश दिएको छ।

दिल्ली मदिरा भ्रष्टाचार प्रकरणमा केजरीवाललाई सर्वोच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको हो ।

मुख्यमन्त्री केजरीवालले केन्द्रीय जाँच ब्युरो(सीबीआई) द्वारा गरिएको गिरफ्तारीविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सूर्यकान्त र उज्जल भुइयाँको इजलासले केजरीवाललाई रिहा गर्न आदेश दिएको हो । सुनुवाइ सेप्टेम्बर ५ मै सकिए पनि अदालतले फैसला सुरक्षित राखेको थियो।

सर्वोच्च अदालतले तत्काल पूर्ण सुनुवाइ सकिने सम्भावना नरहेकाले 'व्यक्तिगत स्वतन्त्रता' लाई मध्यनजर गर्दै केजरीवाललाई धरौटीमा छाडिएको बताएको छ ।

केजरीवाल शुक्रबार बेलुकासम्म १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा हुने आम आदमी पार्टीका नेताहरूले प्रतिक्रिया दिएका छन् ।

ईडीकै हिरासतमा रहेका बेला मुख्यमन्त्री केजरीवाललाई सीबीआईले पक्राउ गरेको थियो ।

लोकसभा चुनावलाई मध्यनजर गर्दै सर्वोच्च अदालतले मे १० मा चुनाव प्रचारका लागि केजरीवाललाई २१ दिनका लागि रिहा अन्तरिम जमानत दिएको थियो ।

पछिल्लो समय सर्वोच्च अदालतले सर्सत केजरीवाललाई रिहा गर्न आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077