Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

रुसद्वारा ६ बेलायती कूटनीतिज्ञको मान्यता रद्द

रुसद्वारा ६ बेलायती कूटनीतिज्ञको मान्यता रद्द

शनिवार , भाद्र २९, २०८१

एजेन्सी । रुसले जासुसी गरेको आरोपमा ६ बेलायती कूटनीतिज्ञको मान्यता रद्द गरेको छ ।

बेलायतको विदेश मन्त्रालयले भने आफ्ना कूटनीतिज्ञहरूमाथि लागेको आरोपलाई पूर्णतया आधारहीन भएको बताएको छ ।

यसैबिच, बेलायती प्रधानमन्त्री कियर स्टार्मर युक्रेन युद्धबारे राष्ट्रपति जो बाइडेनसँग कुराकानी गर्न अमेरिका पुगेका छन् ।

बेलायती प्रधानमन्त्रीको भ्रमणका क्रममा युक्रेनलाई रुसभित्र लामो दुरीका क्षेप्यास्त्र प्रयोग गर्न दिने कि नदिने भन्ने विषयमा पनि छलफल भएको छ।

वासिङ्टनमा अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको वार्तापछि युक्रेनलाई रुसभित्रका निशानाहरू प्रहार गर्न लामो दूरीका क्षेप्यास्त्रहरू प्रयोग गर्न अनुमति दिने विषयमा कुनै निर्णय भने भएन।

बेलायती प्रधानमन्त्री स्टार्मरले युद्ध रोक्न रुसको हातमा रहेको बताए ।

यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी राष्ट्रहरूलाई युक्रेनलाई रुसमाथि लामो दूरीका क्षेप्यास्त्र प्रहार गर्न नदिन चेतावनी दिएका थिए ।

पुटिनले यस्तो कदमले युक्रेन युद्धमा नेटोको ‘प्रत्यक्ष सहभागिता’ लाई प्रतिनिधित्व गर्ने स्पष्ट पारेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077