Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

दिल्लीका मुख्यमन्त्री केजरीवाल जेलमुक्त

दिल्लीका मुख्यमन्त्री केजरीवाल जेलमुक्त

शनिवार , भाद्र २९, २०८१

एजेन्सी । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल जेलमुक्त भएका छन् ।

सर्वोच्च अदालतको आदेशपछि मुख्यमन्त्री केजरीवाल जेलमुक्त भएका हुन् ।

तिहाड जेलबाट बाहिर आएका केजरीवालले आफ्नो हौसला १०० गुणा बढेको प्रतिक्रिया दिएका छन् ।

भारतको सर्वोच्च अदालतले शुक्रबार आम आदमी पार्टीका प्रमुख समेत रहेका मुख्यमन्त्री केजरीवाललाई १० लाख धरौटीमा छोड्न आदेश दिएको थियो ।

ईडीले केजरीवाललाई २१ मार्चमा पक्राउ गरेको थियो । सर्वोच्च अदालतले जुलाईमा जमानत दियो, तर सीआईबीले फेरि पक्राउ गर्‍यो ।

जेलबाट बाहिर आएपछि केजरीवाल समर्थकहरुलाई सम्बोधन गर्ने क्रममा भावुक भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077