Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

इरानद्वारा नयाँ अनुसन्धान उपग्रह अन्तरिक्षमा प्रक्षेपण

इरानद्वारा नयाँ अनुसन्धान उपग्रह अन्तरिक्षमा प्रक्षेपण

आइतवार , भाद्र ३०, २०८१

एजेन्सी । लामो समयदेखि पश्चिमा देशहरूको आलोचना खेप्दै आएको 'एयरोस्पेस' कार्यक्रमका लागि इरानले नयाँ अनुसन्धान उपग्रह प्रक्षेपण गरेको छ ।

चाम्रन–१ अनुसन्धान उपग्रहलाई सफलतापूर्वक प्रक्षेपण गरी कक्षमा स्थापित गरिएको हो ।

रक्षा मन्त्रालयसँग सम्बद्ध इरानी विद्युतीय उद्योगले यो उपकरणको डिजाइन तथा निर्माण गरेको इरानको राष्ट्रिय टेलिभिजनले जनाएको छ ।

अमेरिकालगायत पश्चिमा सरकारहरूले यही प्रविधि ब्यालिस्टिक क्षेप्यास्त्रका लागि प्रयोग गर्न सकिने भन्दै इरानलाई यस्ता प्रक्षेपणविरुद्ध बारम्बार चेतावनी दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077