Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सिरियाको नयाँ प्रधानमन्त्रीमा जलाली नियुक्त

सिरियाको नयाँ प्रधानमन्त्रीमा जलाली नियुक्त

आइतवार , भाद्र ३०, २०८१

एजेन्सी । सिरियाको नयाँ प्रधानमन्त्रीमा मोहम्मद गाजी जलालीलाई नियुक्त गरिएको छ ।

सिरियाली राष्ट्रपति बसर अल–असदले शनिवार नयाँ प्रधानमन्त्रीमा जलालीलाई नियुक्त गरेका हुन् ।

सिभिल इन्जिनियर तथा अर्थशास्त्रको पृष्ठभूमिबाट आएका ५५ वर्षीय जलालीलाई राष्ट्रपतिको आदेशअनुसार नयाँ मन्त्रिपरिषद् गठनको जिम्मेवारी दिइएको छ । उनले हुसेन आर्नोसलाई प्रतिस्थापन गरेका हुन् ।

आर्नोसले सन् २०२० देखि प्रधानमन्त्रीका रूपमा काम गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077