Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

भेनेजुएलाका राष्ट्रपति मदुरोको हत्या प्रयास गरेको आरोपमा अमेरिकी सैनिकसहित ६ जना पक्राउ

भेनेजुएलाका राष्ट्रपति मदुरोको हत्या प्रयास गरेको आरोपमा अमेरिकी सैनिकसहित ६ जना पक्राउ

आइतवार , भाद्र ३०, २०८१

एजेन्सी । भेनेजुएलाले देशलाई अस्थिर बनाउने योजना बनाएको आरोपमा ६ विदेशी नागरिकलाई पक्राउ गरेको छ।

भेनेजुएलाका गृहमन्त्री डियोसडाडो काबेलोले राष्ट्रपति निकोलस मदुरोको हत्या गर्न अमेरिकी जासुसी संस्था सीआईएले नेतृत्व गरेको आरोप लगाएका हुन्।

पक्राउ परेकामध्ये एक अमेरिकी नेभी सीलका अधिकारीसमेत छन्। अमेरिकाले यस दाबीलाई पूर्णरुपमा झुट भन्दै खारेज गरेको छ ।

गृहमन्त्री काबेलोलेअमेरिकी नेभी सीलका सदस्य विलियम जोसेफलाई मुख्य षड्यन्त्रकारी रहेको बताए । उनले थप दुई अमेरिकी पनि पक्राउ परेको पुष्टि गरे।

उनीहरू डेभिड एस्टरेला र आरोन ब्यारेट लोगन हुन्।

यसबाहेक भेनेजुएलाको प्रहरीले दुई स्पेनी नागरिक जोसे मारिया बसोआ बाल्दोविनोस र आन्द्रेस मार्टिनेज आदास्मे तथा चेक गणराज्यका नागरिक जन डार्मोभ्जाललाई पनि पक्राउ गरेको छ ।

गृहमन्त्री काबेलोका अनुसार, भेनेजुएलाली अधिकारीहरूले ४०० वटा अमेरिकी राइफल पनि कब्जा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077