Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

पदबाट राजीनामा दिने दिल्लीका मुख्यमन्त्री केजरीवालको घोषणा

पदबाट राजीनामा दिने दिल्लीका मुख्यमन्त्री केजरीवालको घोषणा

आइतवार , भाद्र ३०, २०८१

एजेन्सी । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिने घोषणा गरेका छन्।

भारतको सर्वोच्च अदालतको शुक्रबारको आदेशले तिहाड जेलबाट छुटेका मुख्यमन्त्री केजरीवालले अबका दुई दिन पछि पदबाट राजीनामा दिने बताएका हुन्।

मुख्यमन्त्री केजरीवालले आमआदमी पार्टीको केन्द्रीय कार्यालयमा नेताहरूलाई सम्बोधन गर्दै राजीनामा गर्ने घोषणा गरे।

उनले आफूले अग्निपरीक्षा गर्न चाहेको बताउँदै राजीनामा दिन लागेको बताए। यस्तै जेलमा हुँदा राजीनामा नदिएकोबारे पनि उनले प्रष्टीकरण दिएका छन्।

उनले लोकतन्त्रको सम्मान गर्ने भएकाले राजीनामा नदिएको बताए।

दिल्लीको मदिरासम्बन्धी नीतिमा घोटाला गरेको भन्दै सिबिआईको हिरासतमा रहेका केजरीवाललाई शुक्रबार सर्वोच्च अदालतले १० लाख धरौटीमा छाड्न आदेश दिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077