Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

पपुवा न्यु गिनीमा आदिवासीबीचको लडाइँमा २० जनाको मृत्यु

पपुवा न्यु गिनीमा आदिवासीबीचको लडाइँमा २० जनाको मृत्यु

मंगलवार , आश्विन १, २०८१

एजेन्सी । पपुवा न्यु गिनीमा सुनखानी नजिकै आदिवासीबीच भएको लडाइँमा २० जनाको मृत्यु भएको छ।

स्थानीय पत्रिका पोस्ट–कुरियरका अनुसार मुलुकको सबैभन्दा ठूलो सुन भण्डारमध्येको एक एन्गा प्रान्तको पोर्गेरा उपत्यकामा अवैध दुई खानी समूह एकआपसमा लड्दा गत साता दुई जनाको मृत्यु भएको थियो ।

प्रत्येक दिन मृतकको सङ्ख्या लगातार बढ्दै गएको छ। पोर्गेरामा पाँच हजारभन्दा बढी मानिसको सामूहिक पलायन भएको बताइएको छ।

प्रहरी आयुक्त डेभिड म्यानिङले पोर्गेराका पूर्वाधार र बासिन्दाहरूको सुरक्षाका लागि आपत्कालीन आदेशहरू घोषणा गरिएको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077