Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

आठ हजारभन्दा बढी शिक्षक र कर्मचारी भर्ना गर्दै अफगानिस्तान

आठ हजारभन्दा बढी शिक्षक र कर्मचारी भर्ना गर्दै अफगानिस्तान

मंगलवार , आश्विन १, २०८१

एजेन्सी । अफगानिस्तानको तालिवान सरकारले देशभर आठ हजार १६५ शिक्षक र प्रशासनिक कर्मचारी भर्ना गर्ने घोषणा गरेको छ।

अफगानिस्तानको सरकारी सञ्चार माध्यमका अनुसार शिक्षा मन्त्रालयका उपप्रमुख मावलवी अब्दुल खालिक सादिकले परीक्षार्थीको परीक्षा प्रक्रियामा पारदर्शिता सुनिश्चित गरिने र परीक्षामा उत्तीर्ण हुने जो कोहीलाई पनि बिना पूर्वाग्रह काममा लगाइने बताए।

अफगानिस्तानका सरकारी तथा निजी विद्यालयमा हाल एक करोडभन्दा बढी बालबालिका अध्ययनरत रहेको मन्त्रालयले जनाएको छ। प्रतिवेदनमा बालिकाले कक्षा सात भन्दा माथिको शिक्षालाई निरन्तरता दिन सक्छन् कि सक्दैनन् भन्ने उल्लेख गरिएको छैन ।

अफगानिस्तानको कामचलाउ सरकार गठनको केही समयपछि जारी गरेको प्रतिबन्धात्मक प्रावधान अनुसार ‘अर्को सूचना जारी नभएसम्म’का लागि छात्राहरू कक्षा सातभन्दा माथिका कक्षामा उपस्थित भई पठनपाठन गर्न पाउँदैनन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077