Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

पटाकाको गोदाममा विस्फोट हुँदा चार जनाको मृत्यु

पटाकाको गोदाममा विस्फोट हुँदा चार जनाको मृत्यु

मंगलवार , आश्विन १, २०८१

एजेन्सी । उत्तर प्रदेशको फिरोजाबादमा सोमबार राति पटाकाको गोदाममा विस्फोट हुँदा चार जनाको मृत्यु भएको छ ।

यो घटना फिरोजाबादको नौशेरा क्षेत्रमा भएको हो । पटाका गोदाम एउटा घरमा थियो ।

घटनास्थलमा अहिले पनि राहत र उद्धार कार्य जारी छ । सोमबार राति करिब ११ बजे विस्फोट भएको थियो ।

अहिलेसम्म ६ जनाको उद्धार गरिएको फिरोजाबाद प्रहरीले जनाएको छ।

हालसम्म उक्त दुर्घटनामा तीन वर्षीय बालकसहित चार जनाको मृत्यु भएको बताइएको छ ।

उद्धारका लागि एसडीआरएफ एकाइ तैनाथ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077