Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बङ्गलादेशलाई २० करोड २० लाख डलर आर्थिक सहायता दिने अमेरिकाको घोषणा

बङ्गलादेशलाई २० करोड २० लाख डलर आर्थिक सहायता दिने अमेरिकाको घोषणा

मंगलवार , आश्विन १, २०८१

एजेन्सी । अमेरिकाले बङ्गलादेशलाई २० करोड २० लाख डलर अतिरिक्त आर्थिक सहायता दिने घोषणा गरेको छ ।

ढाका भ्रमणका क्रममा अमेरिकी प्रतिनिधिहरूले आइतबार यसको घोषणा गरेका हुन् । यो रकमले समावेशी आर्थिक वृद्धिदर र विकास कार्यक्रममा सहायता मिल्ने बताइएको छ ।

कनिष्ठ सहायक अर्थमन्त्री ब्रेन्ट नेइम्यानको नेतृत्वमा ६ जना अमेरिकी प्रतिनिधिमण्डल हालै ढाका आएका थिए ।

गत महिना देशव्यापी विरोध प्रदर्शनबिच प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर भारत भागेपछि मोहम्मद युनुसले काम चलाउन सरकारको जिम्मेवारी लिएयता यो अमेरिकी अधिकारीहरूको पहिलो भ्रमण थियो ।

सन् २०२२ को शुरुतिर युक्रेनी युद्ध छेडिएयता इन्धन र खाद्यान्न आयातको खर्च बढेर बङ्गलादेशको अर्थतन्त्र थप मारमा परेको छ ।

यस्तोमा अर्थतन्त्रलाई स्थिर बनाउन मद्दतका लागि सरकारले ५ अर्ब डलर सहायताका लागि अनुरोध गरेको गएको हप्ता टेलिभिजनबाट गरेको एउटा सम्बोधनमा युनुसले भनेका थिए ।

बङ्गलादेशले गएको वर्ष बहुपक्षीय कर्जादाता निकाय अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ४ अर्ब ७० करोड डलरको वित्तीय उद्धार लिन खोजेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077