Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

चीनले १२ वटा आणविक अनुसन्धान केन्द्र खोल्ने

चीनले १२ वटा आणविक अनुसन्धान केन्द्र खोल्ने

बुधवार , आश्विन २, २०८१

एजेन्सी । चीनले विश्वव्यापी सहयोग बढाउन अन्तर्राष्ट्रिय वैज्ञानिक र संस्थाका लागि १२ वटा आणविक अनुसन्धान केन्द्र र परीक्षण मञ्च खोल्ने भएको छ ।

यसमा चाइना एडभान्स्ड रिसर्च रिएक्टर, नयाँ पुस्ताको टोकामाक यन्त्र हुआन्लिउ–३ र बेशान भूमिगत अनुसन्धान प्रयोगशाला समावेश रहेको चिनियाँ आणविक ऊर्जा प्राधिकरणले जनाएको छ ।

चाइना नेशनल न्युक्लियर कर्पोरेशनका अध्यक्ष यु जियानफेङले चीनले आणविक अनुसन्धान केन्द्र खोल्दा विश्वमा आणविक प्रविधिको विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077