Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

विधानसभाका लागि जम्मु कश्मीरमा आज पहिलो चरणको मतदान जारी

विधानसभाका लागि जम्मु कश्मीरमा आज पहिलो चरणको मतदान जारी

बुधवार , आश्विन २, २०८१

एजेन्सी । जम्मु कश्मीरमा आज पहिलो चरणको विधानसभा चुनावको मतदान जारी छ ।

आज पहिलो चरणको मतदानमा राज्यको कुल २४ विधानसभा सीटका लागि मतदान हुन लागेको हो ।

जम्मु कश्मीरमा आज, २५ सेप्टेम्बर र १ अक्टोबरमा तीन चरणमा मतदान हुँदैछ । १६ सिट कश्मीर र ८ सिट जम्मुका छन् ।

धारा ३७० खारेज भएको करिब १० वर्षपछि पहिलो पटक जम्मू कश्मीरमा विधानसभा चुनाव हुन लागेको छ ।

चुनावमा नेशनल कांग्रेसले गठबन्धन गरेको छ भने भाजपा र पीडीपी मैदानमा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077