Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

स्थानीय तह उपनिर्वाचनको तालिका सार्वजनिक, असोज १० देखि दल दर्ता

स्थानीय तह उपनिर्वाचनको तालिका सार्वजनिक, असोज १० देखि दल दर्ता

बुधवार , आश्विन २, २०८१

काठमाडौं । निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तह उपचुनावको तालिका स्वीकृत गरेको छ।

निर्वाचन आयोगले १३ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरेको हो।

कार्यतालिका अनुसार निर्वाचन प्रयोजनका लागि असोज ९ गते राजनीतिक दलको दर्ताको सूचना प्रकाशन हुनेछ।

असोज १० देखि १६ सम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्ने र असोज २० गते दल दर्ता स्वीकृत गर्ने कार्यतालिका छ।

निर्वाचनसम्बन्धी निर्देशिका, कार्यविधी, मापदण्ड तथा आचारसंहिता तयारी गर्ने, निर्वाचन सामाग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा क्षमता विकास लगायतका कार्यक्रम सञ्चालन गर्ने कार्यतालिकामा उल्लेख छ।

कार्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तथा मतदान स्थल निर्धारण गर्ने कार्यतालिका छ। कात्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यतालिका छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077