Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

पक्राउ पुर्जी जारी भएपछि दुर्गा प्रसाईको घरमा खटाइए सादा पोसाकका प्रहरी

पक्राउ पुर्जी जारी भएपछि दुर्गा प्रसाईको घरमा खटाइए सादा पोसाकका प्रहरी

बुधवार , आश्विन २, २०८१

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले बुधबार मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी गरेसँगै उनको भक्तपुरस्थित घरमा सादा पोसाकका प्रहरी खटाइएका छन् ।

उनीविरुद्ध विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लंघनको आरोप छ । पक्राउ पुर्जी जारी भएपछि उनको निवासमा बुधबार साँझ सादा पोसाकको प्रहरी परिचालन गरिएको हो ।

साँझ प्रसाईंले केही सञ्चारकर्मीसँग कुरा गर्दै आफूले अदालतको आदेशलाई सम्मान गर्ने बताएका छन् । उनले जतिसुकै दिन भए पनि हिरासतमा बस्न तयार रहेको बताए ।

जिल्ला अदालतले प्रसाईंसँगै जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ । अहिले प्रेस स्वतन्त्रता नरहेको बताउँदै अहिले राणाकालझैँ शासन रहेको पनि उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077