Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

सडक दुर्घटनामा परी नेपाल प्रहरीका पूर्वसई बोगटीको निधन

सडक दुर्घटनामा परी नेपाल प्रहरीका पूर्वसई बोगटीको निधन

बिहिवार , आश्विन ३, २०८१

धनगढी । देउडा प्रतिष्ठान धनगढीका अध्यक्ष तथा वरिष्ठ कलाकार दलबहादुर बोगटीको निधन भएको छ।

सडक दुर्घटनामा परी घाईते भएका बोगटीको उपचारको क्रममा धनगढीस्थित माया मेट्रो अस्पतालमा निधन भएको हो।

भदौ ३१ गते राति हायसले ठक्कर दिँदा उनी घाइते भएका थिए ।

धनगढी उपमहानगरपालिका–६ जालीमा ०१ ०००१ ज १५२८ नम्बरको हायसले उनलाई ठक्कर दिएको थियो।

उनको टाउकोमा चोट लागेको थियो। ठक्कर दिने हायसका चालक प्रहरीको नियन्त्रणमा छन्।

बोगटी नेपाल प्रहरीको अवकाश प्राप्त सईसमेत हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077