Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

संसद भवन अगाडि प्रदर्शन गर्ने सात जना पक्राउ

संसद भवन अगाडि प्रदर्शन गर्ने सात जना पक्राउ

बिहिवार , आश्विन ३, २०८१

काठमाडौं । बानेश्वरस्थित संसद भवन अगाडि प्रदर्शन गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।

बिहीबार दिउँसो संसद भवन गेट अगाडिबाट ७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

संसद भवनको ३ नम्बर गेट अगाडि प्रदर्शन गर्ने उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरू धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताहरू रहेको खुलेको छ ।

पक्राउ परेका उनीहरूलाई महानगरीय प्रहरी वृत्त बानेश्वरमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077