Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दरबारमार्गमा 'नेशनल डे कन्सर्ट', सुरक्षा व्यवस्था कडा !

दरबारमार्गमा 'नेशनल डे कन्सर्ट', सुरक्षा व्यवस्था कडा !

बिहिवार , आश्विन ३, २०८१

काठमाडौं । संविधान दिवसको अवसरमा काठमाडौँको दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’ आयोजना भएको छ ।

‘नेशनल डे कन्सर्ट’मा सर्वसाधारणहरूले हातमा नेपालको राष्ट्रिय झण्डा बोकेर उत्सव मनाइरहेका छन् । साथै राष्ट्रिय स्तरका कलाकारहरूले आफ्नो सांगितिक प्रस्तुती दिइरहेका हुन् ।

कन्सर्टमा सहभागी हुन सरकारले आग्रह गरेको छ। दर्शकहरू राष्ट्रिय झण्डा बोकेर दरबारमार्ग क्षेत्रमा सांगीतिक प्रस्तुतिमा झुमिरहेका छन्।

कन्सर्टले लोकतान्त्रिक यात्रा र संविधान निर्माणको ऐतिहासिक बलिदानलाई सम्झाउने आयोजकले जनाएको छ। संविधान दिवसको दिन आज काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077