Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

अब हतियार बोकेर सरकारी कार्यालय र सार्वजनिक स्थलमा हिँड्न नपाइने

अब हतियार बोकेर सरकारी कार्यालय र सार्वजनिक स्थलमा हिँड्न नपाइने

बिहिवार , आश्विन ३, २०८१

काठमाडौं । सरकारले इजाजत प्राप्त गरेका व्यक्तिले पनि हातहतियार बोकेर सरकारी कार्यालय तथा सार्वजनिक स्थलमा हिड्न रोक लगाएको छ ।

गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै हातहतियार बोकेर सार्वजनिक स्थलमा हिड्न रोक लगाएको हो ।

संसद भवन, अदालत, सरकारी कार्यालय, अस्पताल, शैक्षिक संस्था, सार्वजनिक यातायात, हाटबजार तथा सपिङ मल, सिनेमा हललगायत सरकारी तथा सार्वजनिक स्थलमा इजाजतप्राप्त गरेको व्यक्तिले पनि हतियार बोकेर हिँड्न नपाउने गरी रोक लगाएको हो ।

इजाजत हतियार प्रयोगसम्बन्धी मापदण्ड बनाउँदै दर्ता हतियार घरबाहिर लिएर हिँड्न रोक लगाउने निर्णय भए अनुसार राजपत्रमा सूचना प्रकाशित भएको गृह मन्त्रालयका सचिव गोकर्णमणी दुवाडीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077