Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

'नेसनल डे कन्सर्ट' मा प्रधानमन्त्री ओली पनि सहभागी

'नेसनल डे कन्सर्ट' मा प्रधानमन्त्री ओली पनि सहभागी

बिहिवार , आश्विन ३, २०८१

काठमाडौं । संविधान दिवसको अवसरमा आज नेपाल सरकारले आयोजना गरेको 'नेसनल डे कन्सर्ट' मा प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित भएका छन् ।

दरबारमार्गमा जारी कन्सर्टमा प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यसहित उपस्थित भएका हुन् । यसका साथै, गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेल लगायत उपस्थित भएका हुन्।

संविधान दिवसको अवसर पारेर आज आयोजना भइरहेको नेसनल डे कन्सर्टका लागि हजारौं मानिस दरबार मार्ग क्षेत्रमा आएका छन्।

मानिसहरूको आवागमन हेरेर करिब ५ हजार सुरक्षाकर्मी समेत परिचालन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077