Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

नेपालमा ७ मात्रै होइन १४ प्रदेशको आवश्यकता छ : प्रचण्ड

नेपालमा ७ मात्रै होइन १४ प्रदेशको आवश्यकता छ : प्रचण्ड

शुक्रवार , आश्विन ४, २०८१

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपालमा १४ प्रदेशको आवश्यकता रहेको टिप्पणी गरेका छन् ।

एक टेलिभिजनसँगको अन्तवार्तामा उनले सो टिप्पणी गरेका हुन् । उनले देशमा ७ हैन १४ प्रदेशको आवश्यकता भएको बताए ।

पत्रकार ऋषि धमलाले प्रदेश खारेजीको बहस बढिरहेको छ नि भन्ने प्रश्नमा प्रचण्डले प्रदेशलाई अधिकार नदिने अनि प्रदेश खारेजीको कुरा गर्नु बेइमानी हुने बताए।

७ प्रदेश सेतो हात्ती भयो नि भन्ने प्रश्नमा प्रचण्डले जवाफ दिँदै भने, ‘हाम्रो कुरा गर्नुहुन्छ भने हामी त १४ वटा प्रदेशको पक्षमा छौं। यसमा पहिले झण्डै झण्डै सहमति भएको थियो। १४ प्रदेश नहुनेमा के छ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077