Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

सहकारी छानबिन समितिले भन्यो - गोर्खा मिडियाका सञ्चालकहरुले शक्तिको गलत उपयोग गरे

सहकारी छानबिन समितिले भन्यो - गोर्खा मिडियाका सञ्चालकहरुले शक्तिको गलत उपयोग गरे

शुक्रवार , आश्विन ४, २०८१

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिले गोर्खा मिडियाका सञ्चालकहरुले शक्तिको गलत उपयोग गरेको निष्कर्ष निकालेको छ ।

छानविन समितिले गोर्खा मिडियाका सञ्चालकहरुले ‘आफ्नो शक्तिको गलत उपयोग गरेको’ निष्कर्ष निकालेको हो ।

गोर्खा मिडियामा कारोवार र वित्तिय विश्लेषण गरेको समितिले कुनै नाम किटान नगरी सञ्चालकहरुले शक्तिको गलत उपयोग गरेको छानविन समितिको निष्कर्ष छ ।

गोर्खा मिडियामा जीबी राई, रवि लामिछाने, छविराज जोशी र कुमार रम्तेल सञ्चालक बनेका थिए ।

कुनै पनि सहकारी संस्थाले प्राकृतिक व्यक्ति बाहेकलाई ऋण प्रदान गर्नु हुदैन र लगानी समेत गर्नु नहुने समितिको निष्कर्षमा भनिएको छ ।

तर सञ्चालकहरुले सहकारी संस्थामा आफ्नो शक्तिको गलत उपयोग गरी अत्यधिक रुपमा ऋण लिई कम्पनीलाई ऋण प्रदान गरी सहकारी संस्थाहरुको रकम अपचलन गरेको पुष्टि भएको छ ।

छानबिन समितिले गोर्खा मिडियाको कारोबारका सम्बन्धमा रवि लामिछानेले आर्थिक कारोवारमा जिवी राई नै जिम्मेवार हुने गरेको भन्दै गलत बयान दिएको समेत समितिले जनाएको छ ।

तर, आर्थिक कारोवार हेर्दा रवि लामिछाने नै कारोवारमा संलग्न रहेको भन्दै समितिले उनको बयान यथार्थपरक नभएको निष्कर्ष निकालेको छ।

समितिले १६ वटा कारोवारका विवरणहरु नै प्रतिवेदनमा समावेश गरेको छ, जसमा कुल २३ करोड ७९ लाखको कारोवार भएको देखिन्छ ।

समितिले सूर्यदर्शन, सुप्रिम, सानो पाइला, स्वर्णलक्ष्मी, समानता, सहारा सहकारीबाट गोरखा मिडिया नेटवर्कमा २२ करोड ४६ लाख ३० हजार रुपैयाँ कानुन विपरीत गएको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077