Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

प्रधानसेनापति सिग्देल र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

प्रधानसेनापति सिग्देल र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

शुक्रवार , आश्विन ४, २०८१

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको छ।

प्रधानसेनापति सिग्देल र भारतीय राजदूत श्रीवास्तवबीच जङ्गी अड्डामा भेटवार्ता भएको हो ।

प्रधानसेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।

यस किसिमको भेटवार्ताले दुई देश बिच रहि आएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन सेनाको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077