Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

१८ महिनामा रविले ग्यालेक्सी टिभीबाट बुझेका थिए १ करोड ४ लाख तलब !

१८ महिनामा रविले ग्यालेक्सी टिभीबाट बुझेका थिए १ करोड ४ लाख तलब !

शुक्रवार , आश्विन ४, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ग्यालेक्सी टेलिभिजनमा कार्यरत रहेको बेला एक करोड बढी तलब लिएको फेला परेको छ ।

सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएअनुसार लामिछाने ग्यालेक्सी टेलिभिजनको प्रबन्ध निर्देशक रहँदा एक करोड बढी तलब बुझेका हुन् ।

लामिछानेले आर्थिक वर्ष ०७८/०७९ मा मात्रै ७४ लाख ३६ हजार ५ सय ८७ रुपैयाँ तलबस्वरुप लिएका छन् । आर्थिक वर्ष ०७७/७८ मा उनले ३० लाख तलब लिएको प्रतिवेदनमा उल्लेख छ ।

लामिछानेले १ करोड ४ लाख ३६ हजार ५ सय ८७ रुपैयाँ तलब लिएका छन् । समितिले लामिछानेलाई सहकारीबाट गोर्खा मिडियामा आएको रकम खर्च गर्ने प्रक्रियामा प्रमुख भूमिका रहेको भन्दै दोषी ठहर गरेको छ ।

लामिछानेसहित गोर्खा मिडियाका सञ्चालक जीबी राई, छबिलाल जोशी र कुमार रम्तेललाई प्रचलित कानुन बमोजिम कारवाहीको सिफारिस पनि समितिले गरेको छ । तर रास्वपाका सभापति लामिछानेले आफू निर्दोष रहेको दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077