Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

ग्यास बुलेटको ठक्करबाट साइकलयात्रीको मृत्यु

ग्यास बुलेटको ठक्करबाट साइकलयात्रीको मृत्यु

शनिवार , आश्विन ५, २०८१

मकवानपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका– १ गोरक्षेश्वर मन्दिरनजिकै ग्यास बुलेटको ठक्करबाट गएराति साइकलयात्रीको मृत्यु भएको छ।

हेटौंडाबाट थानाभर्‍याङतर्फ जाँदै गरेको एनएल ०१ एल ९०२६ नम्बरको ग्यास बुलेटले ठक्कर दिँदा साइकलयात्री भक्तपुरको सुँडाल घर भई हेटौंडा उपमहानगरपालिका– ११ थानाभ¥याङ बस्ने ६० वर्षीय रमेश पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्करबाट गम्भीर घाइते पाण्डेलाई उपचारका लागि हेटौंडा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बुलेट र चालकलाई नियन्त्रणमा लिईअनुसन्धान सुरु गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077