Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

घटस्थापनाअघि नै सडक ममर्त गरिसक्न सडक विभागलाई सरकारको निर्देशन

घटस्थापनाअघि नै सडक ममर्त गरिसक्न सडक विभागलाई सरकारको निर्देशन

शनिवार , आश्विन ५, २०८१

काठमाडौं । चाडपर्व लक्षित गरी सडक मर्मत र अग्रिम टिकट बुकिङबारे सरोकारवालबीच छलफल भएको छ ।

सरकार र यातायात व्यवसायीबीच भएको छलफलमा घटस्थापना अगाडि नै बिग्रिएका सडक मर्मत गरिसक्न सडक विभागलाई निर्देशन दिने निर्णय भएको हो ।

छलफलमा यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट बुकिङ तत्काल खुलाउने सहमति पनि भएको छ । तर, भाडा समायोजन भने छठपछि मात्रै गर्ने सहमति भएको छ ।

यसका साथै यात्रा सुरक्षित र सहज बनाउन यान्त्रिक परीक्षण गरी सम्बन्धित बसपार्कबाट गन्तव्यस्थल तर्फ जाने गरी व्यवस्था गर्ने पनि निर्णय गरिएको छ ।

यातायात सुधार सुझाव कार्यदलको प्रतिवेदन कार्यान्वयनको विषयमा तत्काल गर्न सकिने विषयहरूको सम्बोधन गर्न विभागलाई निर्देशन दिने, यातायात व्यवस्थासँग सम्बन्धित अदालतबाट भएका आदेशरफैसला कार्यान्वयनका लागि एक महिनाभित्र कार्ययोजना तयारी गरी पेश गर्ने निर्णय पनि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077