Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

दशैंको अग्रिम टिकट बुकिङ घटस्थापनाभन्दा एक साताअघि खुल्ने

दशैंको अग्रिम टिकट बुकिङ घटस्थापनाभन्दा एक साताअघि खुल्ने

शनिवार , आश्विन ५, २०८१

काठमाडौं । दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरी सार्वजनिक यातायातको अग्रीम टिकट छिट्टै खुलाउन सरकार र यातायात व्यवसायीहरु सहमत भएका छन् ।

आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा यातायात व्यवस्था विभाग तथा यातायात व्यवसायीहरुबीच उक्त सहमति भएको हो ।

सहमतिअनुसार दशैंका लागि अग्रिम टिकट बुकिङ घटस्थापनाभन्दा एक साताअघि खुला गरिने भएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले घटस्थापनाभन्दा एक साता अघि अग्रिम टिकट बुकिङ खुला गरिने जनाएको छ।

सडक विभागअन्तर्गतका सबै सडक घटस्थापनाअघि नै मर्मतसम्भार गरी यातायात सुचारु गर्न सडक विभागलाई निर्देशन दिने निर्णय भएको छ ।

छलफलमा यातायात व्यवसायीहरुले यात्रुको यात्रा सुरक्षित र सहज बनाउन यान्त्रिक परीक्षण गरी सम्बन्धित बसपार्कबाट गन्तव्यस्थलतर्फ जाने गरी व्यवस्थित गर्ने पनि निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077