Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

'सुदूरपश्चिम सरकार चोर र कमिसनखोर हो, घुस खाएर योजना बेचिए'

'सुदूरपश्चिम सरकार चोर र कमिसनखोर हो, घुस खाएर योजना बेचिए'

शनिवार , आश्विन ५, २०८१

कैलाली । सुदूरपश्चिम प्रदेश सरकार चोर र कमिसनखोरी रहेको आरोप लागेको छ । प्रदेश सरकारले भदौ ३१ गते ल्याएको साढे ३१ अर्ब बढीको बजेटमाथि सभामा अहिले छलफल जारी रहेको छ ।

सोही छलफलका क्रममा सांसदहरुले प्रदेश सरकार कमिशनखोर रहेको आरोप लागेको हो । राप्रपाकी प्रदेश सभा सांसद खेमादेवी विष्टले सरकारलाई चोर र कमिशनखोर रहेको बताइन् ।

उनले भनिन्, ‘कहि नभएको जात्रा हाँडी गाउँमा भनेजस्तै असार १ गते सदनमा प्रस्तुत हुने र असार ३१ गतेभित्रै पास हुने बजेटमाथि हामी असोजमा आएर छलफल गरिरहेका छौं। यो बजेट कहाँबाट आयो, कसरी आयो ? सरकारलाई बताइदिन आग्रह गर्दछु ।’

सोही क्रममा उनले प्रदेश सरकार र प्रदेशका जनप्रतिनिधि चोर र कमिशनखोर रहेको आरोप लगाएकी थिइन् ।

‘राजनीति भनेको समाजसेवा हो भन्ने थाहा पाएको थिए। तर राजनीति भनेको पेशा रहेछ, घुस खाएर योजना बेच्ने रहेछ, कमिशनमा योजना बेच्ने रहेछ, भन्न मिल्छ की मिल्दैन, प्रदेश सरकार र प्रदेशका जनप्रतिनिधि भनेका चोर रहेछन,’ विष्टले भनिन । तर प्रदेश सभा सदस्य विष्टको अभिव्यक्तिप्रति एमाले सांसद धर्मराज पाठकले नियमापत्ती जनाएका थिए ।

यस्तै बजेटमा सत्ता पक्षकै सांसदहरूले पनि असन्तुष्टि पोखेका छन् । नेकपा एमालेका सांसद चक्रबहादुर मल्लले मन्त्रीको खट्टुा छुँदा पनि बजेट नपाएको गुनासो गरे ।

साथै नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रम सिंह धामीले पनि आफ्नै पार्टी नेतृत्वको सरकार र आफ्नै पार्टीका आर्थिक मामिला मन्त्री भएर पनि बजेटमा सन्तुलन नभएको बताए ।

यसैगरी नेकपा माओवादी केन्द्रका सांसद अक्कल बहादुर रावलले पनि पहाडी जिल्लामा बजेट नपरेको भन्दै पहाडका जिल्ला मिलाएर छुटै प्रदेश बनाउन माग गरे । प्रदेश सरकारका मन्त्रीहरुले योजना किनबेच गरेको गम्भीर आरोप लागेको छ ।

यसअघि मुख्यमन्त्री कमल बहादुर शाहले २५ लाखभन्दा कमका योजना नबाउने भन्दै प्रकार सम्मेलनमार्फत घोषणा गरेका थिए । तर अहिले ४-५ लाखका योजनामा बजेट विनियोजन गरेपछि चर्को आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077