Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

काठमाडौंबाट पक्राउ परेका छविलाललाई पोखरा पुर्‍याइयो, सोमबार अदालत पेस गरिने

काठमाडौंबाट पक्राउ परेका छविलाललाई पोखरा पुर्‍याइयो, सोमबार अदालत पेस गरिने

आइतवार , आश्विन ६, २०८१

कास्की । सहकारी बचत रकम अपचलन प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक (डीआईजी) छविलाल जोशीलाई पोखरा ल्याइएको छ ।

आइतबार अपरान्ह काठमाडौंबाट पक्राउ परेका उनलाई प्रहरीले त्रिभुवन विमानस्थलबाट जहाजमा पोखरा ल्याएको हो । पोखराको पृथ्वीचोकस्थित गण्डकी मेडिकल कलेजमा उनको स्वास्थ्य जाँच गरेर जिल्ला प्रहरी कार्यालयमा लगिएको छ ।

उनलाई सोमबार जिल्ला अदालत लगेर म्याद थप गर्ने तयारी छ । उनी गोरखा मिडियाका अध्यक्ष जीबी राई र रवि लामिछानेका व्यावसायीक पार्टनर हुन् ।

सहकारीको बचत रकम छानबिनका लागि गठित संसदीय विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयबाट प्रहरीलाई निर्देशन आएसँगै गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई समेत पक्राउ गरेर अनुसन्धान गर्ने बाटो खुलेको छ ।

यस्तै सहकारी छानबिन समितिले छविलाल र रविसहित जीबी राई र कुमार रम्तेललाई पनि प्रचलित कानुन अनुसार कारबाही गर्न सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077