Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

प्रहरी भन्छ - सहकारी ठगीमा संलग्न पूर्वडीआईजी जोशी विदेश भाग्ने तयारीमा थिए

प्रहरी भन्छ - सहकारी ठगीमा संलग्न पूर्वडीआईजी जोशी विदेश भाग्ने तयारीमा थिए

सोमवार , आश्विन ७, २०८१

​​​काठमाडौं । सहकारी ठगीमा संलग्न गोरखा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी विदेश भाग्ने तयारी गरिरहेकै बेला पक्राउ परेको खुलेको छ ।

अमेरिकन पीआर होल्डर बन्जाडेलाई विदेश भाग्ने तरखरमा रहेका बेला काठमाडौंको शंखमुल स्थितबाट नियन्त्रणमा लिइएको थियो । उनलाई जरुरी पक्राउ पुर्जी थमाएर पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पूर्व डीआईजी समेत रहेका छविलाल विदेश जान लागेको भन्ने गोप्य सूचनाको आधारमा शंखमुल स्थितबाट नियन्त्रणमा लिइएको थियो ।

कास्की प्रहरीको अनुरोधमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले जोशीलाई जरुरी पक्राउ पुर्जी जारी गरी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कास्की सूचना अधिकारी बसन्त कुमार शर्माले जानकारी दिए । सहकारी ठगी छानबिन विशेष समितिले जोशीलाई कारबाहीको सिफारिस गरेको थियो ।

उनी गोरखा मिडियाका अध्यक्ष जीबी राई र रवि लामिछानेका पार्टनर हुन् । संसदीय समितिले सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त जीबी राईसहित ग्यालेक्सी फोरके टेलिभिजनका तत्कालिन सञ्चालक छविलाल जोशी, तत्कालिन प्रवन्ध निर्देशक रवि लामिछाने, सञ्चालक कुमार रम्तेललाई कारवाहीका लागि सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077