Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

परिणाम दिने गरी काम गर्न मातहत निकायलाई कार्यवाहक प्रधानमन्त्री सिंहको निर्देशन

परिणाम दिने गरी काम गर्न मातहत निकायलाई कार्यवाहक प्रधानमन्त्री सिंहको निर्देशन

सोमवार , आश्विन ७, २०८१

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले काममा ढिलासुस्ती नगर्न मातहत निकायलाई निर्देशन दिएका छन् ।

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री समेत रहेका सिंहले मन्त्रालय मातहत कार्यालय प्रमुख र आयोजना प्रमुखलाई सोमबार मन्त्रालयमै बोलाएर यस्तो निर्देशन दिएका हुन् ।

जनताले अनुभूति गर्ने गरी परिणाममुखी भएर काम गर्नुपर्ने उनले बताए ।

कार्यवाहक प्रधानमन्त्री सिंहले सहरी विकास मन्त्रालय मातहत सञ्चालित आयोजनाको प्रगति विवरणबारे जानकारी लिँदै सरोकारवालासँग समन्वय गरी काममा द्रुतता दिनुपर्ने बताए ।

कार्यवाहक प्रधानमन्त्री सिंहले भने, ‘कुन आयोजनाको अवस्था के छ ? समस्या के छ ? भनेर बुझ्न छलफल राखेका हौं । टिम वर्कका खपमा अघि बढेर परिणाम दिनुपर्‍यो। प्रधानमन्त्रीज्यूसँग भएको कार्यसम्पादन सम्झौतालाई आधार मानेर क्यालेन्डर बनाएर काम गर्नुस् ।’

सोही क्रममा उपप्रधानमन्त्री सिंहले काममा समस्या भए मन्त्रालयले समन्वय गर्ने भन्दै नतिजा आउने गरी आउने दिनमा प्रभावकारी काम गर्न आग्रह गरे ।

कार्यालय प्रमुखहरूले भइरहेका कामको प्रगति विवरण र काममा भोग्नुपरेका चुनौती तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कारण भइरहेको जटिलताबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077