Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

जिम्बु थकालीलाई तीन लाख जरिवाना

जिम्बु थकालीलाई तीन लाख जरिवाना

सोमवार , आश्विन ७, २०८१

काठमाडौं । वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागले जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ।

विभागले अंकित मूल्य भन्दा दोब्बर मूल्यमा मिनरल वाटर बेचेको भन्दै विभागले काठमाडौंस्थित शान्तिनगरको जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना गरेको हो।

जिम्बु थकालीले उपभोक्ताहरूलाई ३५ रुपैयाँ मूल्य पर्ने मिनिरल वाटरलाई एक सय रुपैयाँसम्म लिएको गुनासो आएसँगै विभागको टोलीले छड्के अनुगमन गरेको थियो ।

रेष्टुरेण्टलाई उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम हदैसम्मको कारबाही स्वरुप ३ लाख रुपैयाँ जरिवानासहित सचेत गराएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077