Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

विवादित डीआईजी ठकुरी हेडक्वाटर तानिए, भट्टराईलाई पठाइयो कर्णाली !

विवादित डीआईजी ठकुरी हेडक्वाटर तानिए, भट्टराईलाई पठाइयो कर्णाली !

सोमवार , आश्विन ७, २०८१

काठमाडौं । नेपाल प्रहरीका दुईजना प्रहरी नायव महानिरीक्षकको सरुवा भएको छ । गृह मन्त्रालयले डीआईजी जनक भट्टराई र अर्जुन चन्द ठकुरीको सरुवा गरेको हो ।

स्रोतका अनुसार भट्टराईलाई कर्णाली प्रदेशमा सरुवा गरिएको छ भने ठकुरीलाई अपराध अनुसन्धान विभाग नक्सालमा पठाइएको छ ।

डीआईजी ठकुरी मदिरा पिएर होहल्ला गरेपछि विवादमा तानिएका थिए । मदिरा पिएर प्रहरी आचरण विपरीत गतिविधि गरेको आरोपमा डीआईजी ठकुरीलाई हेडक्वाटर तानिएको बताइएको छ ।

उनी कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा कार्यरत थिए । उनको स्थानमा डीआईजी भट्टराईलाई पठाइएको छ ।

भट्टराई प्रधान कार्यालयस्थित अपराध अनुसन्धान विभागमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077