Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

पूर्वडीआईजी जोशीको बयान - गलत मान्छेसँग जोडिएछु, जीबी र रविको संगत छाडे

पूर्वडीआईजी जोशीको बयान - गलत मान्छेसँग जोडिएछु, जीबी र रविको संगत छाडे

सोमवार , आश्विन ७, २०८१

काठमाडौं । सहकारी ठगी प्रकरणमा संलग्न नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीले आफू गलत संगतमा जोडिएको बयान दिएका छन् ।

जिल्ला अदालत कास्कीमा सोमबार म्याद थपअघि भएको बहसमा उनले आफू रकम हिनामिनामा संग्लन नभएको बताएका हुन् ।

उनले बयान दिँदै भने, ‘म गलत मान्छेसँग जोडिएछु। जब थाहा भयो त्यसपछि उनीहरु (जीबी राई र रवि लामिछाने) को संगत छाडे ।’

‘सहकारीको रकम अपचलनमा मेरो कुनै संलग्नता छैन । रवि र जीबी नै जिम्मेवार हुन्,’ जोशीले बयानका क्रममा भनेको स्रोतले बतायो ।

उनी सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा संग्लन रहेको खुलेपछि प्रहरीले आइतबार पक्राउ गरेको थियो ।

सोमबार न्यायाधीश चन्द्रकान्त शर्माको इजालसलले जोशीलाई पाँच दिन म्याद थपेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
संसदीय छानबिन विशेष समितिले सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा ल्याएको खुलेपछि कारबाही गर्न सिफारिस गरेको थियो ।

पूर्वडीआईजी जोशी सहकारीको रकम हिनामिना गरेर फरार रहेका जिबी राई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग गोरखा मिडिया नेटवर्कमा साझेदार बनेका थिए ।

यस्तै समितिले जिबी राई, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक कुमार रम्तेललाई पनि कारबाही सिफारिस गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077