Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

अधिकतम मूल्यभन्दा बढीमा समान बिक्री गरे कारबाही गर्ने काठमाडौं महानगरको चेतावनी

अधिकतम मूल्यभन्दा बढीमा समान बिक्री गरे कारबाही गर्ने काठमाडौं महानगरको चेतावनी

बुधवार , आश्विन ९, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित खुद्रा तथा थोक पसलबाट अधिकतम मूल्यभन्दा बढीमा समान बिक्री भएको पाइए कारबाही गर्ने चेतावनी दिएको छ ।

महानगरले आज एक सूचना जारी गर्दै यस्तो चेतावनी दिएको हो । महानगरले मूल्यसूची बनाएर पसलको अग्र भागमा सबैले देख्नेगरी राख्न, अधिकतम मूल्यभन्दा बढी मूल्यमा बिक्री वितरण नगर्ने सुनिश्चित गर्न र म्याद गुज्रिएका बस्तु विक्री वितरण नगर्न भनेको छ ।

त्यस्तै खाद्य, पेय तथा अन्य वस्तुको गुणस्तर, शुद्धता र स्वच्छता कायम गर्न पनि महानगरले आग्रह गरेको छ ।

अनुगमनका क्रममा कसैले आग्रहविपरीत कुनै वस्तु वा सेवा बिक्री वितरण गरेको पाइए, उजुरी परे वा गुनासो प्राप्त भएमा प्रचलित कानुनबमोजिम कारबाही गर्ने महानगरक चेतावनी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077