Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

खेलले विकास र समृद्धिको नयाँ यात्रा सुरु गर्छ : प्रचण्ड

खेलले विकास र समृद्धिको नयाँ यात्रा सुरु गर्छ : प्रचण्ड

बुधवार , आश्विन ९, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल र संस्कृतिले विकास र समृद्धिको नयाँ यात्रा सुरु गरेको बताएका छन्।

एफएम सुजेन्द्रप्रसाद श्रेष्ठ प्रथम स्मृति भेट्रान राष्ट्रिय चेस प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

उनले आफूले राजनीति र विकास निर्माणपछि खेल र संस्कृतिलाई प्राथमिकता दिएको बताए।

अध्यक्ष प्रचण्डले खेल र संस्कृति दुबै क्षेत्र राष्ट्रियता प्रवर्धन, जनताको अनुशासन र समाजको मर्यादा स्थापित गर्न महत्वपूर्ण क्षेत्र भएको बताए।

नेपालको खेल क्षेत्रमा अहिले पनि आफूले भरोसा गरेका व्यक्तिहरुले नेतृत्व गरेको र खेल क्षेत्रले ऐतिहासिक परिणाम हात पारिरहेको उल्लेख गरे।

अध्यक्ष प्रचण्डले ६० वर्षको इतिहासमा पहिलोपटक नेपालले ओलम्पिकमा पदक प्राप्त गरेकाले यो वर्ष नेपाली खेल क्षेत्रका लागि अविस्मरणीय वर्ष बन्ने पुगेको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077