Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

न्यायाधीश नियुक्तिमा आपत्ति जनाउँदै नेपाल बारद्धारा आन्दोलन घोषणा

न्यायाधीश नियुक्तिमा आपत्ति जनाउँदै नेपाल बारद्धारा आन्दोलन घोषणा

बुधवार , आश्विन ९, २०८१

काठमाडौं । अवकाशमा जान लागेका प्रधानन्याधीशले न्यायाधीश सिफारिस गर्न खोजेको भन्दै नेपाल बार एशोसिएशनले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

बार एशोसिएशनले आज एक विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।

सर्वोच्च अदालतको बार बेन्च समन्वय समितिको बैठकमा भएको सहमति अनुसार न्याय परिषद् नियमावलीमा भएको संशोधनका सम्बन्धमा समाधान निकाल्नुपर्नेमा बेवास्ता गरिएको बारले जनाएको छ।

बारले उपत्यका बाहिरका बार एकाइहरूले बार परिसर र उपत्यकास्थित बार एकाइहरूमा आबद्ध सम्पूर्ण कानुन व्यवसायीहरुलाई नेपाल बार एशोसिएसनको प्राङ्गणमा उपस्थिति हुनका लागि अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077