Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

बालाजु काण्डका डीएसपीलाई पर्वतको जिम्मेवारी

बालाजु काण्डका डीएसपीलाई पर्वतको जिम्मेवारी

बुधवार , आश्विन ९, २०८१

काठमाडौं । मंगलबार भएको एसपी र डीएसपी सरुवामा केही बदनाम र असक्षमहरुलाई महत्वपूर्ण जिम्मेवारी दिइएको छ । सरुवामा गृहमन्त्री रमेश लेखक हावी हुँदा पहुँचवालाको हालीमुहाली भएको हो ।

डीएसपी सरुवामा १६ जिल्लाका डीएसपी फेरिएका छन् । जसमध्ये एक पर्वत जिल्ला हो। जहाँ विवादास्पद डीएसपी रबिन बिष्टलाई पठाइएको छ ।

डीएसपी बिष्ट तिनै प्रहरी अधिकृत हुन् जो एक वर्षअघि बालाजु वृत्तको डीएसपी हुँदा बालाजुमा लुटपाट आतंक मच्चिएको थियो । प्रहरीको कमजोर कमाण्डका कारण बालाजु क्षेत्र राज्यको नियन्त्रण बाहिर पुगेको थियो ।

डीएसपी बिष्टको गाडी समेत आन्दोलनकारीले जलाइदिएका थिए । जून घटनामा उनलाई त्यहाँबाट हटाएर कारबाही गरिएको थियो । तिनै डीएसपीलाई यतीबेला महत्वपूर्ण जिल्लाको इन्चार्जमा खटाइएको छ ।

स्रोतका अनुसार कांग्रेसका नेताहरूका साथै बिष्टले राष्ट्रपति रामचन्द्र पौडेलबाट समेत गृहमन्त्रीलाई सिफारिस गरेको थियो । सोही कारण असक्षम हुँदाहुँदै पनि उनले अवसर पाएका हुन् ।

इन्सपेक्टरमा रुपन्देही हुँदा त उनले नेटवर्किङ कारोबारीसँग पैसा नै लिएको पुष्टि भएको थियो ।

जसमा उनलाई समेत मुद्दा चलाउन जिल्ला प्रहरी कार्यालयले सिफारिस गरेकोमा उनले चलखेल गरेर सरकारी वकिल कार्यालयमार्फत मुद्दा नचलाउने निर्णय गराएर जागिर जोगाएका थिए ।

त्यसपछि पनि उनले राजनीतिक आडमा कमाउधन्दा छाडेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077