Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

कैलालीबाट साढे तीन किलो लागुऔषधसहित मनमति र गोबिन्द पक्राउ

कैलालीबाट साढे तीन किलो लागुऔषधसहित मनमति र गोबिन्द पक्राउ

बुधवार , आश्विन ९, २०८१

कैलाली । कैलालीमा साढे तीन किलो लागुऔषध (चरेश) सहित दुईजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी नायब निरीक्षक गजेन्द्र बहादुर चन्दको नेतृत्वमा खटिएको टोलीले करिब ३ किलो ४८० ग्राम लागुऔषधसहित गौरीगंगा नगरपालिका-८ बडैपुरबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बझाङको केदारस्युँ गाउँपालिका-६ का गोबिन्द धामी र बाजुराको खप्तड छेडेदहकी मनमति ऐडी रावत रहेका छन् । धामीलाई शंका लागेर चेकजाँच गर्दा उनको कालो झोलामा लुकाई राखिएको शुद्ध तौल २ किलो ७४० ग्राम चरेश फेला परेको कैलाली प्रहरीले जनाएको छ ।

यस्तै मनमतिलाई धनगढी उपमहानगरपालिका-३ स्थित बाजुरा होटलबाट पक्राउ गरिएको बताइएको छ । उनलाई सोही होटलमा शंका लागेर जाँच गर्दा होटलबाट ७४० ग्राम चरेश बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई पक्राउ गरी हिरासतमा राखी आवश्यक कारबाहीका लागि थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077