Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

सामाजिक अभियन्ता आशिका तामाङविरुद्ध प्रहरीमा जाहेरी, तत्काल पक्राउ गर्न माग

सामाजिक अभियन्ता आशिका तामाङविरुद्ध प्रहरीमा जाहेरी, तत्काल पक्राउ गर्न माग

बुधवार , आश्विन ९, २०८१

भक्तपुर । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङविरुद्ध प्रहरीमा जाहेरी परेको छ ।

सूर्यविनायक नगरपालिकाले वडा नं ९ र १० को सिमानामा अवस्थित झोलुङ्गे पुलमा अराजक गतिविधि गर्ने तामाङलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै प्रहरीमा जाहेरी दिएको हो ।

सार्वजनिक सम्पत्तिमा हस्तक्षेप गर्ने, तोडफोड गर्ने, आगजनी गर्ने तामाङलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै प्रहरीवृत्त जगातिमा जोहरी दिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले आज पत्रकार सम्मेलनगरी वडा नं ९ र १० को सिमानाबाट ओहोरदोहोर गर्नेगरी विगत तीन वर्षदेखि सञ्चालनमा ल्याएको झोलुङ्गे पुल चढेबापत पैसा लिएको भन्दै यही असोज ७ गते अभियन्ता भन्ने तामाङको नेतृत्वमा गएको टोलीले अस्थायी संरचना तोडफोड तथा आगजनी गरेको नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाले जानकारी दिए ।

नगरपालिकाले आर्थिक वर्ष २०७९/८० देखि साँगाको उक्त पुलबाट ओहोरदोहोर गर्दा २० रुपैयाँ शुल्क लिनेगरी ठेक्कामा लगाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077