Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

नेपाल प्रहरीमा ३० वर्षे सेवा हद हटाउन माग गरिएको रिट फिर्ता

नेपाल प्रहरीमा ३० वर्षे सेवा हद हटाउन माग गरिएको रिट फिर्ता

बुधवार , आश्विन ९, २०८१

काठमाडौं । नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधिबाट अवकाशमा जानबाट रोक्न माग सर्वोच्च अदालतमा रिट दायर गरेका प्रहरीले आफ्नो निवेदन फिर्ता गरेका छन् ।

नेपाल प्रहरीका एसएसपी जीवनकुमार श्रेष्ठसहित २१ प्रहरी अधिकृतले दायर गरेको रिट रिटकर्तामध्येका डीएसपी गोविन्द पन्थीको निवेदनमा बुधबार फिर्ता भएको हो ।

उनीहरूले दायर गरेको रिटमा भदौ ६ गते न्यायाधीश हरिप्रसाद फुयालले प्रहरीहरूको पक्षमा ३० वर्षे सेवा अवधिबाट अवकाशमा कसैलाई पनि नपठाउन अन्तरिम आदेश जारी गरेका थिए।

यसपछि गृह मन्त्रालयले भ्याकेट दिएको थियो । सरकारको भ्याकेट स्वीकार गर्दै भदौ १४ मा न्यायाधीशद्वय विनोद शर्मा र शारंगा सुवेदीको संयुक्त इजलासले अन्तरिम आदेश खारेज गरिदिएको थियो ।

भदौ १६ गते ३० वर्षे सेवा अवधिकै कारण ९० जना प्रहरीहरु अवकास भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077