Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

कञ्चनपुरमा इन्सपेक्टर शाहीसहितको टोलीमाथि आक्रमण, भ्यान पनि तोडफोड !

कञ्चनपुरमा इन्सपेक्टर शाहीसहितको टोलीमाथि आक्रमण, भ्यान पनि तोडफोड !

बिहिवार , आश्विन १०, २०८१

कञ्चनपुर । कञ्चनपुरमा नेपाल प्रहरीका एक इन्सपेक्टरसहितका कर्मचारीहरुमाथि आक्रमण भएको छ ।

गएराति जिल्लाको पुनर्वास क्षेत्रमा ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी इन्चार्ज तथा प्रहरी निरीक्षक (इन्सपेक्टर) महेशविक्रम शाहीसहितको गस्ती टोलीमाथि आक्रमण भएको हो ।

गस्तीमा गएको इन्सपेक्टर शाहीको टोली र खडखडे खेल्ने टोलीबीच विवाद भएपछि घटना घटेको बताइएको छ । घटनाका क्रममा नेपाल प्रहरीको भ्यान पनि तोडफोड गरिएको र शाहीसहित ५ जनालाई आक्रमणबाट सामान्य चोट लागेको बुझिएको छ ।

स्रोतका अनुसार पुनर्वास नगरपालिका–७, च–गाउँमा ९ जना प्रहरीको टोली गस्तीमा गएको थियो । बुद्धबस्तीमा खडखडे खेलिरहेको समूहलाई नियन्त्रणमा लिन खोज्दा विवाद भएको हो ।

विवाद बढेपछि प्रहरी टोली पक्राउ गर्नबाट पछि हटेको बुझिएकाृ छ । प्रहरीले आक्रमणकारीको खोजीकार्य तीव्र पारेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077