Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

हराएका २४ प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन

हराएका २४ प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन

बिहिवार , आश्विन १०, २०८१

काठमाडौं । प्रहरी प्रधान कार्यालयले २४ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।

कार्यालयले बिहिबार सूचना प्रकाशित गर्दै आफूखुसी गैरहाजिर भएका २४ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो ।

सूचना अनुसार ३ जना प्रहरी सहायक निरीक्षक (असई), दुई जना प्रहरी सहायक हवलदार र १९ जना प्रहरी जवान चार महिनाभन्दा बढी समयदेखि आफूखुसी गैरहाजिर रहेका छन् ।

उनीहरूलाई गैरहाजिर रहनुको कारणसहित स्पष्टीकरण बुझाउन निर्देशन दिइएको छ ।

प्रहरी प्रधान कार्यालयले उनीहरूलाई सात दिनभित्र पनि सम्पर्कमा नआए प्रहरी नियमावलीका अनुसार सेवाबाट हटाइने चेतावनी समेत दिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077